पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजा
रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। सो क्रमामा बाटोको दुवैतर्फ बसेका हजारौं समर्थकले फूलमालाले भव्य स्वागत गरेका