बसको ठक्करबाट एक महिलाको मृत्यु
दोलखा । बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले ठक्कर दिएकोमा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।