भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्याएर महिलामाथि चरम यौन शोषण
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।