नेपालमा लगानी मैत्री वातावरण आवश्यक ः जापानी पूर्वप्रधानमन्त्री हातोयामा
जापानका पूर्वप्रधानमन्त्री युकियो हातोयामाले नेपालमा लगानी मैत्री वातावरण बनाउनु आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाल पर्याप्त सम्भावनायुक्त देश भएकाले यहाँको विकासका लागि लगानी मैत्री वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।