साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिलगायत शिवालयमा भक्तजनको भीड
काठमाडौँ, साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ ।