मनाङमा भेँडीगोठ गएका एकजना सम्पर्कविहीन, हिमपहिरोमा परेको आशंका
लमजुङ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीनजना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए