राप्तीपारिका विकट गाउँको पीडा
बाँके, बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ । गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रीत छन् । नरैनापुरका सीमावर्ती गाउँमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ ।