डोटीमा आगलागीबाट एक घरमा सात लाखको क्षति
डोटी । डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ। आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो। २ तले ४ कोठे ढुङ्गामाटो, काठले बनेको पत्थरले छाएको घरमा गोठको बाहिर आंगनमा बालेको आगोबाट आगलागी भएको हो।