विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै
गण्डकी। गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका छन् ।