पार्टीमा अराजकता मौलायो : प्रवक्ता श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गर्नुभएको छ । तनहुँको दमौलीमा आज कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताउनुभयो । उहाँले पार्टी