मकवानपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जीपको ‘ब्रेक फेल’ भई सडकबाट झन्डै चार मिटर तल खसेको हो