सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा : नेता थापा
धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जतको परकाष्ठा भएको आरोप लगाउनुभएको छ । नेता थापाले सत्तामा बसेर सरकारको निर्णयको बर्खिलापमा उत्रिने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गाईजात्रे शैलीको सङ्ज्ञा दिँदै आलोचना गर्नुभयो ।