तराईका जिल्लामा तीन दिनसम्म तातो हावा
काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ । विगत केही दिनयता तराईका जिल्लामा तातो हावा चलिरहेको थियो । यो क्रम अब जेठ १८ गतेसम्म जारी रहने महाशाखाले जनाएको छ