‘गुन्डा नाइके’ अभिषेक गिरीलाई ल्याएपछि कैदीबन्दी आन्दोलित
विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन् । काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी मंगलबार बिहान गिरीलाई विराटनगर कारागारमा ल्याइएको हो ।