नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता
बाँके, घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ । नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ । खेलकूदको यो कुम्भ मेलाले खेलप्रेमी र खेलाडीलाई मात्र नभई सिङ्गो देशलाई खेलकूदमय बनाइदिएको छ ।