काठमाडौँ, कुवेतमा भएको म्याराथन प्रतियोगितामा पुःन नारायन श्रेष्ठले पहिलो स्थान हाता पारेका छन् ।
विदेशी भुमिमा विभिन्न देशका खेलाडिहरुले सहभागिता जनाए पनि श्रेष्ठ नै उत्कृृष्ट स्थान हाता पारेका हुन् । ३२०० मिटरको म्याराथनमा सबै प्रतिशपर्धिहरुलाई पछिपार्दै पहिलो स्थान हासिल गरेकाहुन् । जित संगै श्रेष्ठले नेपाली झण्डा फहराएका थिए । जिल्ला केन्द्रहुदै काठमाडौँ को क्लव बाट समेत खेलिसकेका श्रेष्ठ पछिल्लो समय कुवेतमा म्याराथन हिरोको नामले चिनिन थालेका छन् । उनले नेपाली २ लाख पुरस्कार जितेपछि विगतमा पनि जिल्ला स्तरका गेममा पहिलो स्थान हासिल गरेको बताउछन् ।
बैदेशिक रोजगारीका शिलशिलामा कुबेद पुगेका श्रेष्ठ कुवेतकै स्थानीय खेलकुद प्रतियोगितामा समेत भाग लिँदै आएका छन् । कुवेतमा अहिले सम्म ७ म्याराथनमा सहभागिता जनाएका श्रेष्ठले ४ खेलमा पहिलो, ३ खेलमा दोस्रो र १ खेलमा तेस्रो स्थान जमाईसकेका छन् । विदेशि भुमिमा काम संगै खेललाइ समेत भुल्न सकेका छैनन् । मेहनतमा विस्वास राख्ने श्रेष्ठ सानै उमेरदेखिनै क्लव स्तरीय तथा जिल्लका खेलकुदमा निकै सक्रिय रुपमा भाग लिने गर्दछन् । श्रेष्ठ भन्छन् “म्याराथनको क्षेत्रमा धेरै धावकहरु भएपनि नेपालमा खेल क्षेत्रमा अपेक्षित विकास हुन नसक्दा खेलाडिहरु खेल छोडेर विदेसिनु पर्ने बाध्यत्मक अवस्था रहेकोछ” ।
म्याराथनमा दोस्रो स्थान टर्किका रिडभ्यान आइडिन र तेस्रो नेपाल कै टीका कुमाल ले स्थान सुरक्षित गरि क्रमस १ लाख ३० हजार र ९० हजार पूरस्कार को राशि हाता पारेका हुन् । खेलाडि द्धय श्रेष्ठ र कुमाल रोजगारका लागि गएका खेलाडि हुन् । श्रेष्ठले खालि समय निकालेर कुवेतमै १४ महिनाको अन्तराट्रिय टे«निङ समेत पूरा गरिसकेको बताउछन् ।