नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर
काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।