नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे ८ अर्ब
काठमाडौं । नेप्से परिसूचक आज दोहोरो अंकले बढेर बन्द भएको छ। साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा कायम भएको छ। नेप्से दोहोरो अंकले वृद्धि भएसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ ।