काठमाडौं । नेप्से परिसूचक आज दोहोरो अंकले बढेर बन्द भएको छ। साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा कायम भएको छ। नेप्से दोहोरो अंकले वृद्धि भएसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ ।
यसदिन ३२३ स्क्रिप्सको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ रुपैयाँमा खरिदबिक्री भए।मंगलबार ६ अर्ब ५२ करोड मूल्य बराबरको सेयर कारोबार भएको भएको थियो।
आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फरमाक्युटिकल्स र पियोर इनर्जीको सेयर १० प्रतिशतले बढेको हो। ग्रिन डेभलपमेन्ट बैंकको सेयर ९.८५ प्रतिशतले बढ्दा भूगोल इनर्जी डेभलपमेन्टको ९.१५ प्रतिशत र अरुण कावेली पावरको ५.८९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ५ करोड बढीको सेयर करोबार भयो। यसैगरी राधी विद्युतको ६० करोड,युनिभर्सल पावरको ५१ करोड,बुटवल पावरको ३४ करोड र कुमारी बैंकको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १४८ स्टक्सको मूल्य बढ्दा ९७ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। ९ समूहको उपसूचक बढ्दा ४ समूहको उपसूचक नकारात्मक देखिएका छन्।




















