मालपोतका शाखा अधिकृत जोशी पक्राउ
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ । कार्यालय समयमा सेवाग्राहीबाट रु. २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिनुभयो