पूर्वराजनीतिक र प्रशासनिक पदाधिकारीलाई अतिरिक्त सुविधा प्रयोग नगर्न निर्देशन
काठमाडौं । सरकारले पूर्वराजनीतिक र प्रशासनिक पदाधिकारीलाई कानुनमा तोकिएभन्दा अतिरिक्त सुविधा प्रयोग नगर्न निर्देशन दिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले सार्वजनिक गरेको सूचनाअनुसार, मन्त्रिपरिषद्ले २०८२ असोज ५ गतेको निर्णयअनुसार अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यले यो कदम