सर्वेक्षणमा ट्रम्पलाई पछि पार्दै ह्यारिस अगाडि
काठमाडौँ । अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पछिल्लो पोलमा ट्रम्पलाई पछाडी पारेकी छन् । सीबीएस न्यूजले गरेको राष्ट्रव्यापी पोलमा डेमोक्रेटिक उम्मेदवार ह्यारिसको पक्षमा ५१ प्रतिशत मत देखिएको छ भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा ४८ प्रतिशत मत देखिएको छ