भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु, करोडौँ क्षति
काठमाडौँ । भियतनाममा वेगवान् चक्रवात आँधीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ। चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाउँदा कम्तिमा १० करोडभन्दा बढीको क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।