अमेरिका, सपना र यथार्थ
भियतनाममा राम्रो ह्युमन राइट कानुन प्राक्टिस गरेकी नारालाई मैले पहिलोपटक एशियामा नभई अमेरिकामा भेटेको थिएँ । प्यासेफिक ओसनको किनारमा भव्य रुपले बसाइएका अमेरिकको पश्चिमी राज्य क्यालिफोर्नियाको मनोरम सहर सनफ्रान्सिसकोमा मैले भेट्दा नाराको अनुहारमा आशाभन्दा बढी निराशाको किरणहरु धेरै थिए ।