यमनमा सङ्कट अझ गहिरियो
दुबई । सरकारसँग शान्ति सम्झौता भङ्ग भएलगत्तै यमनको पृथकतावादी एक समूहले आइतबार बिहान देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ । देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई यस घोषणाले अझ जटिल बनाएको छ ।