भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, एकै दिन ३७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित
नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ ।