रिहाइका लागि पहल गरिदिन इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको आग्रह
काठमाडौं । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आइतबार त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन्। तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी