मनाङमा हिउँमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५ सय जनाको उद्धार
काठमाडौँ । भारी हिमपातका कारण मनाङका विभिन्न क्षेत्रहरूमा फसेका करिब १,५०० जनाको नेपाली सेनाको नेतृत्वमा सफल उद्धार गरिएको छ। सेनाको उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीको सहकार्यमा उद्धार कार्य सम्पन्न गरेको हो । नेपाली सेनाले