अदालतले थुनामा पठाएका व्यक्तिमाथि राजनीतिक प्रतिशोध भन्दै कुद्ने भीड देख्दा दया लाग्छ: प्रधानमन्त्री ओली
काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाएका व्यक्तिहरूलाई लक्षित गरी ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाका सभापति रवि लामिछानेको नाम नलिई सबै