पराजित गगन थापाले निर्वाचित अमरेश सिंहलाई दिए बधाई
काठमाडौं । सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले विजयी उम्मेदवार डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सिंहलाई निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका