संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, प्रतिनिधि फिर्ता बोलायो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ। एमालेका महासचिव शंकर पोखरेलले बिहीबार कार्यदललाई पत्र पठाउँदै पार्टीका तर्फबाट सहभागी प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको जानकारी दिएका हुन्।