महँगी नियन्त्रण र सुकुम्बासीलाई उठीबास नलगाउन नेकपाको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महँगी नियन्त्रण गर्न, सुकुम्बासीलाई उचित विकल्पबिना उठीबास नलगाउन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध नगर्न सरकारसँग माग गरेको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा पार्टीले विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई पुनर्वासको व्यवस्था नगरी हटाउने र झुप्रा भत्काउने