मदन–आश्रित स्मृति दिवस : जनविश्वास जोगाउन एमाले अझ जिम्मेवार बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले अघि सारेको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन्। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेद्वारा मदननगर वल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति