जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न मातहत तहलाई निर्देशन दिएको छ। ललितपुरस्थित बी.पी. स्मृति भवनमा बिहीबार बसेको पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।