महासंघको एसोसिएट सदस्यमा सचिन ढकाल सर्वाधिक मतसहित विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यतर्फ सचिन ढकाल सर्वाधिक मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्। एसोसिएट समूह अन्तर्गत १७ सदस्य पदका लागि भएको निर्वाचनमा ढकालले १ हजार ३ सय १८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्।