
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
बिहीबार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन् ।
पदभार ग्रहण अघि नव निर्वाचित अध्यक्ष श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका थिए ।
महासंघका निवर्तमान अध्यक्ष ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगत्तै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ गराएका थिए ।
महासंघको ६० औं साधारणसभा र निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।




















