काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यतर्फ सचिन ढकाल सर्वाधिक मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्।
एसोसिएट समूह अन्तर्गत १७ सदस्य पदका लागि भएको निर्वाचनमा ढकालले १ हजार ३ सय १८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी हेमन्त गोल्छाले १ हजार २ सय २ मत प्राप्त गरेका छन्।
सचिन ढकाल महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा हुन् र उनी आइएमई ग्रुपसँग आबद्ध छन्। उनी फुटबल क्लब एफसी चितवनका अध्यक्षसमेत रहेका छन्।
व्यवसायिक रूपमा ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सक्रिय छन्। उनको व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सञ्चालनमा रहेको छ।
महासंघको एसोसिएटतर्फ निर्वाचित सदस्यहरूमध्ये ढकाल सबैभन्दा युवा सदस्यसमेत बनेका छन्।
एसोसिएट सदस्यमा कसको कति मत
१. सचिन ढकाल – १३१८ मत
२. हेमन्त गोल्छा – १२०२ मत
३. अम्बिका प्रसाद पौडेल – ११८३ मत
४. उज्ज्वल कुमार श्रेष्ठ – ११४६ मत
५. शक्ति कुमार बेगानी – ११४२ मत
६. ऋषि अग्रवाल – ११२२ मत
७. राजेश कुमार अग्रवाल – १०८२ मत
८. सुयस प्याकुरेल – १०६९ मत
९. सुशील थापा – १०५४ मत
१०. रामशरण भण्डारी – १०४३ मत
११. बाबु काजी कार्की – १००६ मत
१२. दिवश न्यौपाने – ९९१ मत
१३. प्रियराज रेग्मी – ९५४ मत
१४. इश्वर बहादुर जि.सी. – ९४५ मत
१५. सुरज उप्रेती – ९०७ मत
१६. कृष्ण लाल महर्जन – ८७४ मत
१७. बटु लामिछाने – ८६० मत



















