इजरायलले गाजामा गरेको आक्रमणमा ३२६ जनाको मृत्यु
इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजापट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ । उद्धारकर्ताहरूले ३२६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।