काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै सुशासनको बहस अहिले व्यवहारमा भन्दा पनि ‘पुरानाको आलोचना’मै सीमित भइरहेको टिप्पणी गरेका छन्।
महासचिव पोखरेलले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चुनावताका नयाँ दलहरूले सुशासन ल्याउने, देश बनाउने भन्दै व्यापक प्रचार गरे पनि अहिले त्यसको ठोस कार्यान्वयन नदेखिएको संकेत गरेका हुन् ।
उनले लेखेका छन्, “चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भयो। अहिले सुशासन नयाँको चरित्रमा होइन, पुरानाको खेदोमा खोजिँदै रहेछ।”
पोखरेलको भनाइलाई नयाँ राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति आलोचनात्मक टिप्पणीका रूपमा लिइएको छ। पछिल्लो समय सरकारको कामकारबाही, नीति तथा प्राथमिकतामाथि विभिन्न कोणबाट बहस भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो।




















