काठमाडौं । सभामुखमा निर्विरोध भएका डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । उनले आइतबार दिउँसो २ः३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने भएका हुन्।
राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले एक सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु र संसद सचिवालयका सचिवहरुलाई आग्रह समेत गरेका छन् । अर्याल आज सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । अर्यालको एकल उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध निर्वाचित भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
शुक्रबार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दिएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए । अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन र नेपाली अनुसार व्यवस्थापिकाले गर्ने काम न्यायसंगत रूपमा गर्ने बताए ।





















