काठमाडौँ । डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
सभामुख पदमा एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्याल निर्विरोध भएका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार तोकिएको समयसीमाभित्र अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
अब चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा अर्यालको नाम प्रस्ताव गरिनेछ। बैठकले उक्त प्रस्ताव पारित गरेपछि उनलाई औपचारिक रूपमा सभामुख निर्वाचित भएको घोषणा गरिनेछ।
अर्यालको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहेका थिए भने स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका छन्।




















