काठमाडौँ । रवि लामिछाने र महन्थ ठाकुरबीच आज बिहान भेटवार्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको सचिवालयका अनुसार जनता समाजवादी पार्टी नेपालका नेता समेत रहेका राष्ट्रियसभा सदस्य ठाकुर उनलाई भेट्न बुढानीलकण्ठ स्थित निजी निवास पुगेका थिए।
सचिवालयका अनुसार भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास र प्राथमिकताका योजनाबारे छलफल भएको थियो। साथै, पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।



















