काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।




















