काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएपछि सचिवालयले बैठक आह्वान गरेको हो।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ। सोही दिन बैठकअघि सर्वदलीय छलफल हुने भएको हो।
सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बिहीबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्नेछ ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संघीय संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ।




















