
काठमाडौँ । नेपाली कांग्रेस भित्रको देउवा–कोइराला समूहको बैठक अहिले धुम्बाराहीमा जारी छ।
१४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकमा शेरबहादुर देउवा र शेखर कोइराला निकट नेताहरू सहभागी भएका छन्।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा १५ औँ महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ। साथै केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ।
पूर्णबहादुर खड्का ले कार्यवाहक सभापतिको हैसियतमा बैठक बोलाएका हुन्। बैठकमा गगन थापा लाई सभापतिमा अस्वीकार गरिएको सन्दर्भसमेत उठेको बताइएको छ।
बैठकमा शेखर कोइराला, मिनेन्द्र रिजाल, शशांक कोइराला, प्रकाशमान सिंह, बद्री पाण्डे, जीवन परियार, एनपी साउद लगायतका नेताहरू सहभागी छन्। करिब ६० भन्दा बढी पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको बताइएको छ।
बैठकमा सहभागी नेताहरू
१ पूर्णबहादुर खड्का
२ शेखर कोइराला
३ विमलेन्द्र निधि
४ प्रकाशमान सिंह
५ शशांक कोइराला
६ बद्री पाण्डे
७ जीवन परियार
८ महालक्ष्मी उपाध्याय डिना
९ बलबहादुर केसी
१० डा मिनेन्द्र रिजाल
११ एनपी साउद
१२ मान बहादुर विश्वकर्मा
१३ मोहन बस्नेत
१४ अम्बिका बस्नेत
१५ आनन्द ढुंगाना
१६ महेन्द्रा सुब्बा
१७ सरस्वती बजिमया
१८ कल्याणी रिजाल
१९ शारदा पौडेल
२० पुष्प पराजुली
२१ अर्जुन जंगबहादुर सिंह
२२ आशा विक
२३ सीता राना
२४ राधा घले
२५ रामहरि खतिवडा
२६ जीवनबहादुर शाही
२७ ध्यानगोविन्द रञ्जित
२८ राजीव विक्रम शाही
२९ मानबहादुर नेपाली
३० सीता देवकोटा
३१ सरस्वती तिवारी
३२ विद्या तिमलसिना
३३ लक्ष्मी खतिवडा
३४ जीवन राना
३५ कान्तिका सेजुवाल
३६ रमा कोइराला
३७ शुशिला मिश्र
३८ डा रण बहादुर रावल
३९ इश्वरी न्यौपाने
४० शिव हुमागाईं
४१ किरण पोडैल
४२ उमेशजंग रायमाझी
४३ जितजंग बस्नेत
४४ गुरु बराल
४५ गणेश लामा
४६ दिपक गिरी
४७ दीलेन्द्र बडू
४८ कुन्दन काफ्ले
४९ श्याम घिमिरे
५० गेहेन्द्र गिरी
५१ मदनबहादुर अमात्य
५२ गोविन्द भट्टराई
५३ भीम पराजुली
५४ हरिशरण नेपाली
५५ शंकर भण्डारी
५६ सीता गुरुङ
५७ पद्म नारायण चौधरी
५८ कृष्ण किशोर घिमिरे
५९ प्रदीप सुनुवार
६० शान्ति विक




















