काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि नेकपा एमालेका नेता कर्णबहादुर थापाले विरोध जनाएका छन् ।
थापाले पार्टी अध्यक्ष ओलीसँग पार्टीभित्र वैचारिक संघर्षको विवरण दिँदै पनि कार्की आयोगको प्रतिवेदनमा आधारित पक्राउ पूर्णतया गलत भएको बताए ।
थापाले बालेन सरकारको कदमलाई राज्य आतंकको रूपमा उल्लेख गर्दै सम्पूर्ण पार्टी पंक्तिले एकताबद्ध भएर विरोधमा उत्रनुपर्ने बताए ।
उनले कार्की आयोगले फौजदारी संहिताको दफा १८१ र १८२ अनुसारको अभियोग लगाउने सिफारिस कानुनसम्मत नभएको र राजनीतिक व्यक्तिलाई अपराधी प्रमाणित गर्न नसकिने दाबी गरेका छन् ।




















