काठमाडौं । आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ ।
अध्यक्ष ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु गरेको छ । यसक्रममा माइतीघर क्षेत्र तनावग्रस्त बनेको हो ।
प्रहरीले ओलीलाई आज बिहान नियन्त्रणमा लिएपछि त्यसको विरोधमा एमाले निकट २३ जनसंगठनले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरू नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले रोक्न प्रयास गरेका छन् । त्यसक्रममा स्थिति चर्किँदै जाँदा प्रहरीले धरपकड सुरु गरेको छ।
प्रदर्शनका कारण माइतीघर आसपासको क्षेत्र केही समयका लागि तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।



















