काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति कडा शब्दमा निन्दा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा सरकारका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई चेतावनी दिँदै लेखेका छन्, ‘प्रतिशोधको राजनीति महंगो पर्ला, ओलीलाई अबिलम्ब रिहा गर्नु’ ।
उनले पक्राउ परेका ओलीको अबिलम्ब रिहा गर्न माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्- पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ । जिम्मेवार बन, अबिलम्ब रिहा गर ।
बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ । यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको छ ।




















