काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले पार्टीको संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुरा गर्दै आफू सिनियर नेता भएकाले स्वाभाविक रूपमा दाबी प्रस्तुत गर्ने बताए। उनले संसदीय अभ्यास र राजनीतिक यात्रामा आफूले उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै २०४७ यताका संसदीय अनुभवलाई पनि स्मरण गरे।
“संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ, म त्यहाँको सबैभन्दा सिनियर नेता हुँ,” उनले भने।
यद्यपि, उनले नेतृत्व चयन प्रक्रिया सहमतिपूर्ण ढंगले टुंगिनुपर्नेमा जोड दिए। “सहमतिमै निष्कर्ष निस्कियोस् भन्ने चाहना छ,” उनले थपे।



















