काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका छन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् ।
उनले गुटबन्दीको यस्तो चित्र सबैजसो दलहरुमा रहेको जसका कारण मतदातामा वितृष्णा जगाएको बताएका छन् । उनले कतिपय जायज आवाजहरुलाई पनि पार्टीले नजरअन्दाज गर्दा निर्वाचनको नतिजा प्रतिकूल हुन पुगेको बताएका छन् ।
पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषयमा छलफल र निर्णय लिन शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो ।




















